Select Menu

भर्खरै

देश

Commercial

Commercial

राजनीति

समाज

sponser

sponser

अर्थ

बिस्व

साझा सवाल

खेलकुद

हेर्ने पर्ने

स्वास्थ्य र सुन्दरता

नयाप्रस्तुती

मनोरंजन

सिकमात्र

घर जग्गा लिलाम गरि
जापान जान्छु भन्न सिक
दलालहरू धेरै धैरै भए
पैसा पैले ख्वाउँन सिक

साथीसंगी जो छन् जति
जापान जाउँ है भन्न सिक
छरछिमेक ष्टलाई
जापान भन्दै भुक्न सिक

कसैले के सोध्यो भने
जापान मात्र भन्न सिक
किन जाने फेरि सोधे
अध्ययन हो भन्न सिक

कहिलेकाँही एक्लै भए
मिठो सपना देख्न सिक
अरू सबलाई बिर्सिएर
अमीर झलक देख्न सिक

झुटा कुरा गर्छन् दलाल
त्यसलाई सत्य मान्न सिक
सम्भब छैन भने फेरि
दिनकादिन धाउन सिक

क्वलिफाइड छैनौँ भने
डुब्ली धन्दा गर्न सिक
थाहा भई पक्राउ भए
आफ्नै खल्ती छाम्न सिक

जापान जान पक्का भए
पाटी भनि ख्वाउन सिक
बढे भाउ तिम्रो अब
सबैसँग बिक्न सिक

उड्यौ तिमी पुग्यौ जापान
लाटो टोलाई गर्न सिक
साथीभाई कोहि भए
वाईततो लौन भन्न सिक

स्कूल गई नबुझेनि
हाई हाई मात्र भन्न सिक
घरको याद आए कतै
यादैभित्र जाल्न सिक

भाग्यबस काम पाए
खुशीभई नच्न सिक
घडी जति चल्दै जान्छ
तब कष्ट भोग्न सिक

घरको रीण सम्झी कैल
अत्यास राम्रो खान सिक
स्कूल र काम गाह्रो भए
कोठा गई रून सिक