Select Menu

भर्खरै

देश

Commercial

Commercial

राजनीति

समाज

sponser

sponser

अर्थ

बिस्व

साझा सवाल

खेलकुद

हेर्ने पर्ने

स्वास्थ्य र सुन्दरता

नयाप्रस्तुती

मनोरंजन

» » » » कोरिया सरकारले (इपीएस) तालिका निकाल्यो


Unknown 8:31 AM 0

सोल, चैत्र २५ - दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पाँचौ भाषा परीक्षा एक बर्षभित्रै सञ्चालन गर्ने भएको छ । यहाँको मानव संसाधन विकास संस्था (एचआरडी) ले सोमबार कार्यक्रम तालिका प्रकाशन गर्दै सो कुरा जनाएको हो । उसले नेपाललगायत ६ राष्ट्रको भाषा परीक्षा लिन लागेको हो । तालिका अनुसार जुलाई ३१ मा आवेदन आव्ह्रान गर्ने र अगस्त १३ देखि १६ सम्म चारदिन काठमाडौं, धरान र बुटवलबाट आवेदन लिइने योजना बनाइएको छ । त्यसैगरी सेप्टेम्बर २६ र २७ मा परीक्षा लिइने जनाइएको छ । तालिकामा कुन देशलाई कति कोटा दिइएकोबारे उल्लेख गरिएको छैन । औद्योगिक उत्पादन क्षेत्र र कृष क्षेत्रको अदक्ष कामदारका लागि लिइने परीक्षाको परीक्षाफल भने अक्टोबर १५ मा प्रकाशित हुने जनाइएको छ । पाँचौ भाषा परीक्षा उत्तीर्ण गर्ने उमेदवार २०१५ को कोटामा आउने छन् । यहाँको सरकारले डिसेम्बर अन्तिममा बार्षिक कोटा स्वीकृत गर्छ । गत बर्ष लिइएको चौंथो भाषा परीक्षाबाट उतीर्ण भएका ८ हजार ७ सय २२ उमेदवारको माग बढेकाले पाँचौ भाषा परीक्षा संचालन गर्न लागेको सोलस्थित नेपाली दूतावासका श्रमसहचारी अनिलकुमार गुरुङले बताए । 'रोजगारदाताको माग यसरी नै बढे अर्को बर्षको रोस्टर खाली हुन्छ, त्यसैले भाषा परीक्षा अनिवार्य छ', उनले भने । ईपीएस शाखा नेपालका एक अधिकारीका अनुसार गत तीन महिनाभित्र २७ सय भन्दा बढी उमेदवारको श्रम सम्झौता भइसकेको छ । कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक पर्ने कामदारको छनौट भाषा परीक्षामार्फत गर्दै आएको छ । यस्तो भाषा परीक्षामा सहभागी हुन आवेदक १८ देखि ३९ बर्ष उमेर समूहको हुनुपर्ने छ । साथै अपराधिक गतिविधिमा संलग्न नभएको, विगतमा गणतन्त्र कोरियामा गइ गैह्रकानुनी रुपमा बसोबास नगरेको, आफ्नो देशबाट विदेश जान रोक नलगाइएको र दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने हुनु पर्दछ । सन् २००७ जुलाई ३१ मा नेपाल र कोरियाबीच एमओयूमा हस्ताक्षर भएपछि नेपाली युवाहरु कोरिया आउन थालेका हुन् । हालसम्म ४ पटक कोरियन भाषा परीक्षा सञ्चालन भइसकेको छ भने करिब २२ हजार नेपाली युवाले रोजगारी पाएका छन् । अन्य देशका कामदारको तुलनामा नेपाली कामदारहरु मेहनती र इमान्दार भएकाले रोजगारदाताको रोजाइमा पर्ने गरेका छन् । थोरै लगानीमा मासिक १ लाख बढी रुपैयाँ कमाई हुने भएकाले कोरिया नेपाली युवाहरुको अकर्षक रोजगारस्थल बन्दै गएको छ । यसअघि २०१२ र १३ मा सबैभन्दा धेरै नेपाली युवा यहाँ आएका थिए । - See more at: http://www.ekantipur.com/np/

«
Next
Newer Post
»
Previous
Older Post