Select Menu

भर्खरै

देश

Commercial

Commercial

राजनीति

समाज

sponser

sponser

अर्थ

बिस्व

साझा सवाल

खेलकुद

हेर्ने पर्ने

स्वास्थ्य र सुन्दरता

नयाप्रस्तुती

मनोरंजन

» » क्रिकेट खेलाडी र क्यानबीच वार्ता बिना निश्कर्ष टुङ्गियो


Unknown 8:31 AM 0

युवा तथा खेलकुद मन्त्रालयको मध्यस्थतामा भएको वार्ता (तस्बीर: विकास कार्की)काठमाडौँ : आन्दोलनरत नेपाली राष्ट्रिय क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच मंगलबार भएको वार्ता बिना निश्कर्ष टुङ्गिएको छ। युवा तथा खेलकुद मन्त्रालयको मध्यस्थतामा भएको वार्तामा खेलाडीसहित राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधि सहभागी थिए। अर्को वार्ता बुधबार अपराह्न ३ बजे हुनेछ। टीट्वेन्टी विश्वकपमा सहभागी भएर फर्किएको राष्ट्रिय क्रिकेट टोलीका १६ जना खेलाडीले सबैखाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने घोषणा चैत २८ गते गरेका थिए। उनीहरूले जारी सिनियर क्रिकेटसमेत खेलेका छैनन्। नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना माग सुनुवाइ नगरेकाले प्रतियोगिता बहिष्कार गर्न बाध्य भएको क्रिकेटरले बताएका थिए। खेलाडीले क्यानले आफूहरूलाई न्युजिल्यान्डको विश्वकप छनोट चरणदेखि दैनिक भत्ता नदिएको, देशभित्र प्रशिक्षणमा रहँदाको भत्ता नदिएको, मासिक तलब पनि सातआठ महिनादेखि नपाएको आरोप लगाएका थिए। क्रिकेटरले खेलाडीको सुविधा, क्रिकेटको भौतिक पूर्वाधारका साथै युवा खेलाडीका लागि वातावरण नभएको गुनासो गरेका थिए। खेलाडीको बहिस्कारपछि क्यानको बैठकले सात दिनभित्र तलबभत्ता दिने निर्णय गरेको थियो।

«
Next
Newer Post
»
Previous
Older Post