चिनीयाँ स्याटलाइटले गत मंगलबार खिंचेको वस्तुको तस्बिर (वायाँ) । र वस्तु देखापरेको ठाउँ अस्ट्रेलियाको पर्थबाट करिब २५०० किमी दक्षिण पश्चिम रहेको छ । सौजन्यः सिसिटिभीन्युज
क्वालालम्पुर,(एजेन्सी)– चीनले बेपत्ता मलेसियाली जहाजबारे शंकास्पद भूउपग्रह–तस्बिर अध्ययन सुरु गरेको छ। उसले तस्बिर लिइएको क्षेत्रमा खोजीका लागि जहाजसमेत पठाइसकेको छ।
चिनियाँ भूउपग्रह अप्टिकल अर्थ अब्जरभेसन उपग्रह गाओफेन–१ ले शनिबार दक्षिणी हिन्द महसागरको सुदूरदक्षिणी क्षेत्रबाट उक्त वस्तुको तस्बिर लिएको हो।
मलेसियाका यातायातमन्त्री हिसामुद्दिन हुसेनले शनिबार यससम्बन्धी जानकारी चीनले दिएको पुष्टि गरे। अवशेष खोज्न जहाज पठाइसकेको र शनिबार करिब ११ हजार वर्ग नटिकल माइलमा खोजी गरिएको जनाए। त्यस जलक्षेत्रमा समुद्री आँधी र तीव्र समुद्री लहरले खोजी कार्य प्रभावित पार्नसक्ने उनले बताए।
चार दिनअघि अस्टे्रलियाले पनि आफ्नो भूउपग्रहमा यस्तै वस्तु फेला पारेको सार्वजनिक गरेको थियो। त्यसबारे अध्ययन गरिरहेको जनाउ दिए पनि त्यो वस्तु मलेसियाली जहाजकै हो या होइन, यकिन गरेको छैन।
चिनियाँ भूउपग्रहले देखेको अवशेष अस्ट्रेलियाले देखेको ठाउँबाट करिब १ सय २० किलोमिटर टाढा रहेको जनाइएको छ। वस्तुको लम्बाइ २२ मिटर र चौडाइ १३ मिटर छ।
मलेसियाली वायुसेवाको बोइङ ७७७ जहाज १४ दिनअघि क्वालालम्पुरबाट बेइजिङका लागि उडेको एक घन्टामै बेपत्ता भएको थियो। २६ देशका जहाज र पानीजहाज गरी सयभन्दा बढीले बेपत्ता जहाज खोजिरहेका छन्।
जहाज खोजीबारे चीनले छिट्टै तथ्य सार्वजनिक गर्ने हुसेनले विश्वास गरे।
अस्ट्रेलियाको भूउपग्रहले अस्टे्रलियाली सहर पर्थभन्दा २५ सय किलोमिटर दक्षिणपश्चिममा शंकास्पद वस्तुको तस्बिर लिएको थियो। त्यसपछि मात्र हिन्द महासागरको सुदूर दक्षिणी जलक्षेत्रमा बेपत्ता जहाजको खोजी केन्द्रित भएको थियो। खराब मौसमका कारण खोजी गरिए पनि केही हात परेको छैन।
उक्त जलक्षेत्रमा थालिएको बेपत्ता जहाजको खोजी अभियानको नेतृत्व अस्ट्रेलियाले गरिरहेको छ। अस्ट्रेलियाले आफ्ना ६ जहाज खोजीका लागि शनिबार त्यसतर्फ पठाएको थियो। साथै, चीन, जापान र बेलायतका पानीजहाज पनि त्यस क्षेत्रतर्फ खोजीमा गएका छन्। चालकदलका १२ सदस्यसहित बेपत्ता जहाजमा २ सय ३९ जना थिए। जहाजका यात्रुमध्ये सबैभन्दा बढी १ सय ५३ जना चिनियाँ नागरिक थिए।
http://nagariknews.com/world/story/15362#sthash.2ya5rYsC.dpuf
देश
Commercial
राजनीति
समाज
sponser
अर्थ
बिस्व
साझा सवाल
खेलकुद
हेर्ने पर्ने
स्वास्थ्य र सुन्दरता
नयाप्रस्तुती
मनोरंजन
Unknown
4:05 AM
0
About Unknown
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
»
Previous
This is the last post.
Popular Posts
-
मायेबाशी जापान, प्रत्तेक वर्षको अप्रिल महिनाको पहिलो हप्ताबाट फुल्न सुरु हुने साकुराको फुलसंगै सुरु हुने साकुरा मेला लगभग दुइ हप्ता सम्म स...
-
शुक्रबार बिहान सबेरै देखि पर्न थालेको हिउले जापानको जनजीवन प्रभावित बनेको छ करिब 1 मिटर भन्दा बढी जम्ने गरि परेको यो हिउले ब्यस्त रहने ...
$(document).ready(function() {
$("#jquery_jplayer_1").jPlayer({
ready: function(event) {
$(this).jPlayer("setMedia", {
title: "Cro Magnon Man",
mp3: "http://78.129.224.11:22327/;stream.mp3",
});
},
swfPath: "http://jplayer.org/latest/js",
supplied: "mp3, oga"
});
});
Update Required
To play the media you will need to either update your browser to a recent version or update your Flash plugin.



