Select Menu

भर्खरै

देश

Commercial

Commercial

राजनीति

समाज

sponser

sponser

अर्थ

बिस्व

साझा सवाल

खेलकुद

हेर्ने पर्ने

स्वास्थ्य र सुन्दरता

नयाप्रस्तुती

मनोरंजन

» » » » मनाङमा टेलिकमको इभिडिओ


Unknown 6:43 AM 0

मनाङमा टेलिकमको इभिडिओ
पोखरा–
 नेपाल टेलिकमले हिमालपारिको जिल्ला मनाङमा आइपिसिडिएमए प्रविधिको इभिडिओ
सेवा विस्तार गरेको छ। उसले सोमबार सदरमुकाम चामे र आसपास क्षेत्रमा यो
सेवा सुरु गरेको हो। टेलिकम पोखराका वरिष्ठ इन्जिनियर
सन्तोष शर्माका अनुसार पुरानो सिडिएमए सेवालाई ‘अपग्रेड' गर्ने क्रममा
मनाङमा यो सेवा विस्तार गरिएको हो। अब गण्डकी र धवलागिरी अञ्चलका सबै
जिल्लामा नयाँ थि्रजी सेवा पुगेको शर्माले बताए।
स्थानीय प्रयोगकर्ताले
 तीव्र गतिको इन्टरनेट चलाउन सक्ने पनि शर्माले बताए। ‘हातहातमा इन्टरनेट
पुर्यााउने टेलिकमको तयारीअनुरुप सेवा विस्तार गरिएको हो,' उनले भने।यो
 प्रविधिले सिडिएमए मोबाइलबाट भिडियो कल गर्न, टिभी हेर्न र इन्टरनेट
चलाउनसमेत सकिने उनले बताए। टेलिकम पोखराका बिक्री प्रमुख राजेश रेग्मीका
अनुसार थि्रजी सेवाका प्रयोगकर्ताले डाउनलोड गर्दा ३.१ एमबिपिएस (मेगाबिट्स
 प्रतिसेकेन्ड) र अपलोड गर्दा १.८ एमबिपिएसका दरले इन्टरनेट चलाउन सक्छन्।
मनाङका प्रयोगकर्ताले अहिलेसम्म पिडिएसएन (पकेट डाटा एक्सेस नोट) बाट
इन्टरनेट चलाइरहेका थिए। त्यो सुस्त गतिको थियो। जिपिआरएसभन्दा बढी
प्रभावकारी प्रविधि जडान भएको छ,' उनले भने, ‘मोबाइलमा चलाइने इन्टरनेट
सेवा पहिलेभन्दा अब झनै सहज हुन्छ। थि्रजी प्रविधिका प्रयोगकर्ताले अबदेखि
इन्टरनेटको सहयोगमा भाइबर, स्काइप पनि चलाउन सक्नेछन्। यसलाई कम्प्युटरमा
जडान गरेर पनि इन्टरनेट चलाउन सकिने रेग्मीले बताए । टेलिमकमले
स्काइ–प्रो ब्रान्डमा बिक्री गरिरहेको इ–भिडिओ डंगोल र सिडिएमए एन्ड्रोइड
मोबाइल फोनबाट पनि तीव्र गतिको इन्टरनेट चलाउन सकिने रेग्मीले जानकारी दिए।
 यसले फोनको गुणस्तरसमेत बढाउँछ।

- See more at: http://nagariknews.com/technology/story/15548#sthash.QzNtPVd4.dpuf

«
Next
Newer Post
»
Previous
Older Post