Select Menu

भर्खरै

देश

Commercial

Commercial

राजनीति

समाज

sponser

sponser

अर्थ

बिस्व

साझा सवाल

खेलकुद

हेर्ने पर्ने

स्वास्थ्य र सुन्दरता

नयाप्रस्तुती

मनोरंजन

» » » क्यानको नेतृत्व परिवर्तन नहुन्जेल राष्ट्रिय क्रिकेट टोलीले कुनै प्रतियोगिता नखेल्ने -


Unknown 8:51 AM 0

Cricket_Team's_Press_Meet_1.jpgकाठमाडौ, चैत्र २७ - नेपाली राष्ट्रिय क्रिकेट टिमको सबै खेलाडीले जारी राष्ट्रिय लिगसँगै सबै प्रतियोगिताहरु बहिष्कार गर्ने निर्णय गरेका छन् । खेलाडीहरुले आज पत्रकार सम्मेलन गरी यस्तो निर्णय सुनाएका हुन् ।  राष्ट्रिय टिमका कोही खेलाडी पनि पोखरा गएका छैनन् । राष्ट्रिय टोलीका अधिकांश खेलाडी नेपाली सेना र सशस्त्र प्रहरीको क्रिकेट टिममा छन् । दुवै टोलीले पोखरामा प्रतियोगिता खेल्नेछन् ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्यानमा नेतृत्व र पदाधिकारी परिवर्तन नहुन्जेलसम्म कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय सुनाएका हुन् ।
खेलाडीहरुले आगामी महिना हुने एसीसी प्रिमियर समेत नलेख्ने घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडी सहभागी थिए । पत्रकार सम्मेलनमा बोल्दै कप्तान पारस खड्काले क्यानको नेतृत्व परिवर्तन हुनुपर्ने माग गरे ।
खेलाडीहरुले पछिल्ला तीन प्रतियोगितामा सहभागी भएको भत्ता बापत्को रकम र ८ महिनादेखि तलब नपाएको गुनासो गरे ।

http://www.ekantipur.com/np/

«
Next
Newer Post
»
Previous
Older Post