एक बर्ष भित्र जनतालाई संविधान दिन्छौं
Unknown
11:10 PM
0
वर्तमान
सरकारका नवनियुक्त उद्योग मन्त्री कर्णबहादुर थापाले राजनितिक दलहरु विच
सहमति र सहकार्य अगाडी बढिसकेको अवस्था भएकोले झिना मसिना कुराहरुमा अब
विवाद नगरी एक बर्ष भित्र जनतालाई संविधान दिने कुराको ठोकुवा गर्नुभएकोछ ।
उदयपुरको सदरमुकाम गाईघाटमा आज शुक्रबार
देखी आयोजना गरिएको दोस्रो पूर्वाञ्चल क्षेत्रीय महोत्सव २०७० त्रियुगाको
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले उक्त प्रतिबद्धता ब्यक्त
गर्नु भएको हो । विगतका राजनितिक उतार चढाव बाट धेरै
कुराहरु सिकिसकेकोले राजनितिक दलका नेताहरु अब सहमतिको बाटोमा आईसकेको
उहाँले बताउनुभयो । उहाँले अस्थिर राजनीतिका कारण देशको उन्नती हुन नसकेको
बताउनुभयो । राजनीतिक अस्थिरताका कारण विकास, निर्माणको कार्य योजनाहरु सहि
ढंगले बन्न नसक्नुका साथै बनेकाहरु प्नि कार्यन्वयन हुन नसकेको बताउनुभयो ।
उद्योग मन्त्रीको रुपमा ३ दिन अगाडी सपथ
ग्रहण गर्नुभएका थापा नेकपा एमालेको तर्फबाट मन्त्री पदमा चुनिनुभएको हो ।
मन्त्री थापाले नेपालको प्रशस्त्र जलस्रोतको उपयोग गर्न नसक्दा विद्युत
संकट ब्यहोर्नुपर्दा उदयपुर सिमेन्ट उद्योग जस्ता देशको मुख्य
अर्थतन्त्रसंग जोडिएका उद्योगहरु बन्द रहनु परेको बताउनुभयो । अव अहिलेको
सरकारले त्यस्ता समस्यालाई समाधान गर्दै देश विकासमा पनि योगदान पुर्याउने
बताउनुभयो । उहाँले चौविसै घण्टा, बाह्रै महिना काम
गर्ने वातावरण रहेको देश नेपालका हामी नेपाली अन्य देशको दाँजोमा भाग्यमानी
रहेको भन्दै उद्यम, श्रम गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो ।
उद्यमीहरुलाई प्रोत्साहित गर्दै उहाँले उद्यम, उद्योग धन्दा र ब्यापार,
ब्यवसायका कारण पश्चिमी क्षेत्र भन्दा पुर्वाञ्चल निकै विकसित क्षेत्रको
रुपमा रहेको बताउनुभयो ।
“आर्थिक विकासको मुल आधार–सह अस्तित्व
उद्योग र ब्यापार” भन्ने मूल नाराका साथ त्रियुगा उद्योग वाणिज्य संघ
गाईघाट र नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंको आयोजनामा सुुरु महोत्सव
आगामी २६ गतेसम्म सन्चालन हुनेछ ।
प्रदर्शनीका लागि करिब १०० वटा विभिन्न
स्टलहरु राखिएका छन् । उद्योग, ब्यापार, कृषि, पर्यटन, लघुउद्यम, सूचना तथा
प्रविधिको बृहद प्रदर्शनी रहेको महोत्सवमा घरेलु उत्पादनका ढाका कपडा,
बाँसका सामग्री, दालमोठ भुजीया, अगरबत्ति, च्याउ, फलामे औजार आदि प्रदर्शन
तथा विक्रीका लागि राखिएका छन् । साथै विभिन्न इलेक्ट्रोनिक्स सामग्री,
मोटरसाईकल, ट्याक्टरसमेत प्रदर्शनीमा राखिएका छन् । आकर्षणको रुपमा विश्वको
सबैभन्दा ठुलो चरा अस्ट्रिज पनि राखिएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय
कलाकारहरुको प्रस्तुती, हाँस्यब्यंग्य, स्थानीय भाषाका गति एवं नृत्य र वाल
उद्यान, सर्कस, जादु आदि लगायत रहेका छन् । पहिलो दिन १० हजार बढिले
महोत्सवको अवलोकन गरेको आयोजक संस्थाको सचिवालयले जनाएको छ ।



