Select Menu

भर्खरै

देश

Commercial

Commercial

राजनीति

समाज

sponser

sponser

अर्थ

बिस्व

साझा सवाल

खेलकुद

हेर्ने पर्ने

स्वास्थ्य र सुन्दरता

नयाप्रस्तुती

मनोरंजन

» » » » » » » 'ट्राफिक प्रहरीको विशेष कारबाही तीव्र'


Unknown 11:24 PM 0

माइक्रो बस जस्ता सार्वजनिक सवारी साधनहरुको लापरवाहीका कारण बढ्दो सडक दुर्घट्ना रोक्न ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकामा विशेष कारबाही तीव्र बनाएको छ।
खासगरी माइक्रो बसहरुले दुर्घट्ना बढाएको भन्दै मानिसहरुले सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरु मार्फत तीब्र रोष प्रकट गरेपछि उपत्यका ट्राफिक प्रहरीले शिक्षामूलक एक हप्ते कारबाहीको छैटौं दिन शुक्रवार माइक्रो बसका सञ्चालकहरुसँग दुर्घटना न्यूनिकरणबारे अन्तरक्रिया गर्दैछ।
केही दिन अघि माइक्रोबसको ठक्करबाट एकजना लोक दोहरी गायिकाको मृत्यु भएपछि ट्राफिक प्रहरीले यो अभियान सुरु गरेको हो।

हरेक दिन

ट्राफिक नियम मिच्ने झण्डै दुई हजार सवारी साधन चालक हरेक दिन जसो कार्वाहीमा पर्ने गरेका छन्।
ति मध्ये ६-७ सय माइक्रो बस चालक पर्ने गरेको उपत्यका ट्राफिक प्रहरी प्रमुखले बताए।
कारबाहीको पछिल्लो अवस्थाबारे जानकारी दिदै उपत्यका ट्राफिक प्रहरी प्रमुख केशव अधिकारीले भने, "दैनिक कारबाहीको दायरामा पर्ने निजी र सार्वजनिक सवारी साधनका चालकहरु मध्ये २० प्रतिशत जति माइक्रो बसका चालक पर्ने गरेका छन्।"
"दैनिक कारबाहीको दायरामा पर्ने निजी र सार्वजनिक सवारी साधनका चालकहरु मध्ये २० प्रतिशत जति माइक्रो बसका चालक पर्ने गरेका छन्"
केशव अधिकारी, उपत्यका ट्राफिक प्रमुख
जारी अभियान पछि सडक अनुशासनबारे चेतना बढाउने र कारबाहीको काम झन् तीव्र बनाइने उनको भनाई छ।

आलोचना

अधिकारीले भने, "लेन अनुशासन र ट्राफिक चिन्हको पालना अनि महिला मैत्री भावना र तीव्र गति लगायतका विषयमा बढि प्राथमिकता दिएर कार्यक्रम चलाइरहेका छौं।"
माइक्रो बसका चालकहरुले विशेष गरी महिला स्कुटर चालकहरु माथि अभद्र व्यवहार गरी जीउ ज्यानमै जोखिम सिर्जना गरेको भन्दै सञ्चार माध्यमहरुमा व्यापक आलोचना हुदै आएको छ।
यस्तो दुर्व्यवहार नियन्त्रण गर्न आफु थप कठोर हुन सक्ने ट्राफिक प्रहरीले संकेत गरेको छ। source : http://www.bbc.co.uk/nepali

«
Next
Newer Post
»
Previous
Older Post